Redirecting...

विमलेन्द्र निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना होः विशेष महाधिवेशन पक्षधर - ehimalayatimes.com

विमलेन्द्र निधिमाथिको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना होः विशेष महाधिवेशन पक्षधर - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पार्टी कार्यालयमा पूर्वउपसभापति बिमलेन्द्र निधीमाथि भएको दुव्र्यवहारको जिम्मेवारी आफूहरूले नलिने स्पष्ट पारेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले घटनालाई स्वतःस्फुर्त भएको र अन्तरआत्माको पुकारका रूपमा देख्नुपर्ने बताउनु भयाे। उहाँले विशेष महाधिवेशन पक्षबाट कुनै योजना वा गतिविधि नगरिएको र त्यसको समर्थन पनि नगर्ने बताउनुभयो। पोखरेलले भन्नुभयो, “कार्यकर्ता पार्टीको जीवन, लोकतन्त्र र नेपाली समाज निर्माणको कर्तव्यअनुसार प्रतिक्रिया देखाउँछन्। त्यसलाई हामी धैर्यतापूर्वक लिन्छौं र नेतृत्वलाई पनि सो अनुरोध गर्छौं।” उहाँले विशेष महाधिवेशनको तयारी तीव्र पारिएको र सहभागीता सुनिश्चित गर्न १८ वटा समिति गठन गरिएको जानकारी दिनुभयो। साथै, महाधिवेशनमा भाग लिन प्रतिनिधिलाई काठमाडौँ आउन आग्रह पनि गरिएको छ।