Redirecting...

केशव बडालले पार्टी नेतृत्वको लागि कुनै पनि पदको उम्मेदवार नबन्ने, अनुभवका आधारमा पार्टीलाई सकेको योगदान गर्ने - janatatimes.com

केशव बडालले पार्टी नेतृत्वको लागि कुनै पनि पदको उम्मेदवार नबन्ने, अनुभवका आधारमा पार्टीलाई सकेको योगदान गर्ने - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २८। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अनुशासन आयोग अध्यक्ष केशव बडालले अब पार्टीको कुनै पनि पदमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै बडालले सक्रिय राजनीति र नेतृत्वको जिम्मेवारीबाट बिदा लिएर आफ्नो अनुभवका आधारमा पार्टीलाई योगदान गर्ने बताउनुभयो। उहाँले पछिल्लो समय आफूले पाएको जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय सार्वजनिक गर्नुभएको हो। बडालले पदमा नरहे पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता कायमै रहने उल्लेख गर्दै भुइँस्तरमा बसेर संगठनको काममा सक्रिय रहने स्पष्ट पार्नुभयो। उहाँले पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने दृढ प्रतिबद्धता जनाउनुभएको छ। यसअघि पार्टीका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि सक्रिय नेतृत्वबाट बिदा लिने घोषणा गरिसक्नु भएको छ। वरिष्ठ नेताहरूको यस्तो निर्णयलाई एमालेभित्र पुस्तान्तरण र नयाँ नेतृत्वको उदयका रूपमा हेरिएको छ।