Redirecting...

खाइराइड हास्यव्यङ्ग्य प्रतियोगितामा २४ निबन्ध प्राप्त - sahityapost.com

खाइराइड हास्यव्यङ्ग्य प्रतियोगितामा २४ निबन्ध प्राप्त - sahityapost.com
Source: shpt

काठमाडौं । नेपाली भाषी विद्यालय तहका विद्यार्थीहरूबीच पहिलो पटक आयोजना हुन लागेको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’का लागि बाङ्गा अक्षरले आह्वान गरेअनुसार देशभरका विभिन्न विद्यालयबाट २४ वटा निबन्ध प्राप्त भएको छ। नेपाली हास्यव्यङ्ग्य साहित्यको दीर्घकालीन प्रवर्द्धन गर्ने उद्देश्यले ‘खाइराइड निबन्ध सङ्ग्रह’का सर्जक राजेन्द्र कार्कीद्वारा यो पुरस्कार स्थापना गरिएको हो। २०८२ मंसिर १ गतेसम्म निबन्ध पठाउन गरिएको आव्हानपछि अत्यन्त उत्साहजनक सहभागिता प्राप्त भएको आयोजक संस्थाले जनाएको छ। प्राप्त निबन्धहरूको मूल्यांकन गर्न गठित समितिले चाँडै नतिजा सार्वजनिक गर्नेछ। पुरस्कार राशिमा प्रथम स्थानका लागि २० हजार, द्वितीयका लागि १० हजार तथा तृतीय स्थानका दुई जनालाई जनही पाँच, पाँच हजार प्रदान गरिनेछ। नतिजा घोषणापछि काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने बाङ्गा अक्षरले जनाएको छ । The post खाइराइड हास्यव्यङ्ग्य प्रतियोगितामा २४ निबन्ध प्राप्त appeared first on साहित्यपोस्ट.