Redirecting...

एनपीएलमा विराटनगरको नजर उपाधितर्फ [भिडियो] - kendrabindu.com

एनपीएलमा विराटनगरको नजर उपाधितर्फ [भिडियो] - kendrabindu.com
Source: kend

काठमाडौं । अघिल्लो सिजन सन्दीप लामिछानेको कप्तानी र मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल, इस्मात आलमजस्ता दिंगज खेलाडीको उपस्थितिमा पनि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल)मा चौथो स्थान भन्दा माथी उक्लिन सकेन । प्रतियोगिताभर खेलेका ७ खेलमध्ये २ खेलमा मात्र जित र ५ खेलमा हार ब्यहोरेको विराटनगरले प्रतियोगिताभर त्यति प्रभावशाली प्रदर्शन देखाउनै सकेन । सोही कारण हुनुपर्छ दोस्रो सिजनको एनपीएल सुरु हुनु एक साताअघि मात्रै विराटनगरले अघिल्लो सिजनको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्डका पमुख प्रशिक्षक पुवुदु दासानायकेलाई भित्राएर अघिल्लो संस्करणको हारको बदला लिने उद्देश्यसहित कमब्याकको लक्ष्य प्रकट गरेको छ । त्यति मात्र होइन यस पटक विराटनगरले विश्वविख्यात ब्याटर तथा अलराउण्डर फाफ डू प्लेसिस, न्यूजिल्यान्डका मार्टिन गुप्टिल, दक्षिण अफ्रिकाकै मर्चेन्ट डे लाङ, स्कटल्यान्डका जर्ज मुन्से, अष्ट्रेलियाका साम हिजलेट र अमेरिकाका शुभम रञ्जनेलगायत विदेशी खेलाडीलाई भित्र्याइसकेको छ । यस्तोमा पुवुदुको नेतृत्व र आक्रामक खेलाडीहरुको समिश्रणले के यस पटक विराटनगरले साँच्चै एनपीएलको दोस्रो सिजन आफ्नो नाममा लेखाउन सक्ला त ? ८ टिमहरूबीच ३२ खेलको यो प्रतियोगिता मंसिर १ गते सोमबारदेखि मंसिर २७ गते शनिबारसम्म टियू क्रिकेट ग्राउण्डमा चल्नेछ । अहिले नेपाली क्रिकेट प्रेमीहरूको उत्साह चरमोत्कर्षमै रहेको छ, किनकि केही समयअघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोली ऐतिहासिक तेस्रो पटक टि–२० विश्वकपका लागि छनौट भएको थियो । यस्तोमा एक सातापछि सुरु हुने एनपीएलले नेपाली क्रिकेटको व्यावसायिकता र पूर्वाधार विकासलाई पनि थप उचाइ दिने विश्वास लिइएको छ । पहिलो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको विराटनगर किङ्ग्सले यो सिजन भने ट्रफीमा दाबेदारी नै प्रस्तुत गरेको छ । टिमले पहिलो सिजनका विजेता जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक पुवुदु दासानायकेलाई भित्र्याएर नै आफ्नो लक्ष्य स्पष्ट पारेको हो । श्रीलंकाका पूर्व खेलाडी दासानायकेको नेतृत्वमा टिमले अनुशासित र आक्रामक रणनीति अपनाउने तयारी गरेको छ । उनीसँग नेपाली क्रिकेटको गहिरो ज्ञान रहेको छ, जसले स्थानीय खेलाडीहरूसँग अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई मिश्रण गर्न सजिलो बनाउने छ । विराटनगरले यस सिजन उपाधि जित्ने लक्ष्यसहित कप्तान सन्दीप लामिछाने, प्रतिश जीसी, नारायण जोशी जस्ता नेपाली स्टारहरूलाई रिटेन गरेको छ । त्यसैगरी दक्षिण अफ्रिकाका फाफ डू प्लेसिस र मार्चान्ट डी लाङ्गे, न्यूजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मुन्से, अष्ट्रेलियाका साम हिजलेट र अमेरिकाका शुभम रञ्जनेलगायत विदेशी खेलाडीहरु भित्राएको छ । दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वभरका फ्रेन्चाइज लिगमा चर्चित फाफ डू प्लेसिसले ५० टी–२०आईमा १५ सय २८ रन बनाएका छन् । आईपीएलमा २ पटक च्याम्पियन बनिसकेका उनी विराटनगरको प्रमुख आकर्षण हुन् । त्यसैगरी न्यूजिल्याण्डका मार्टिन गुप्टिल एउटै विश्वकपमा २३७ रन बनाउने र दोहोरो शतक प्रहार गर्ने खेलाडी हुन । उनले टि –२० अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड पनि राखेका छन् । त्यसैगरी अस्ट्रेलियन हिजलेट घरेलु टी–२०मा आक्रामक ब्याटिङका लागि चर्चित छन् । उनीसँग ५० भन्दा माथि बिग ब्यास लिग म्याच खेलेको अनुभव रहेको छ । त्यस्तै स्कटिस ओपनर जर्ज मुन्सेले ७० टी–२०आईमा १९०० भन्दा बढी रन बनाएका छन् । उनी पावरप्लेमा अन्य टोलीहरु लागि घातक बन्न सक्छन् । यस्तै ३५ वर्षीय अग्ला कदका पेस बलर मर्चेन्ट डे लाङले दक्षिण अफ्रिकाको टोलीबाट पनि खेलिसकेका छन् । उनले समग्र टी–२० मा १५५ खेलमा १७४ विकेट लिएका छन् । गत सिजन चितवन राइनोजका लागि अनुबन्धित डे लाङले चोटका कारण प्रतियोगिता गुमाएका थिए । डे लाङले भारतको आईपीएल, क्यारेबियन सीपीएल, द हन्ड्रेड, आईएल टी–२०, भाइटालिटी ब्लास्टलगायतका फ्रेन्चाइज लिगहरू खेलेका छन् । यस्तोमा फाफको अनुभव, गुप्टिलको आक्रामक ओपनिङ र मुन्सेको पावर हिटिङले टिमलाई सन्तुलित बनाएको छ । त्यसैगरी पुवुदुले पावरप्लेमा आक्रामक ब्याटिङ, मिडल अर्डरमा स्थिरता र डेथ ओभरहरूमा विविधतापूर्ण बलिङ गर्नेगरी रणनीतिमा काम गरिरहेका छन् । त्यस्तै सन्दीपको स्पिन र डी लाङ्गेको पेसले विपक्षी टोलीका खेलाडीहरूलाई दबाब दिनेछ । पहिलो सिजन मिश्रित प्रदर्शन गरेको विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएर प्रतियोगिताकै सर्वाधिक रन बनाउने टोली बनेको थियो । जसले उनीहरूको ब्याटिङ पोटेन्सियल देखाएको छ । खेलाडीहरूले व्यक्तिगत रूपमा राम्रो गरेपनि टिम युनिटको अभावमा कमजोर देखिएपछि विराटनगर सेमिफाइनलसम्म पनि पुग्न सकेन । तर योपटक दृश्य फेरिएको छ, विराटनगर किङ्ग्स नै उपाधिको मुख्य दाबेदार पनि हो । https://youtu.be/_jqX4dsuJ_4