Redirecting...

घर गुमाएकाहरुका लागि सरकारले तत्काल अस्थायी आवास बनाइदिने, स्थायी आवासको पनि व्यवस्था मिलाइदिने ! - arthasarokar.com

घर गुमाएकाहरुका लागि सरकारले तत्काल अस्थायी आवास बनाइदिने, स्थायी आवासको पनि व्यवस्था मिलाइदिने ! - arthasarokar.com
Source: aths

काठमाडौँ । बाढीपहिरोबाट घर गुमाएकाहरुका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाढीपहिरोले घरविहीन भएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको बैठकमा सहभागी एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सरकारले घरविहीनका लागि तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रुपमा स्थायी आवासको व्यवस्था मिलाउने भएको छ । त्यस्तै, बाढीपहिरो प्रभावितहरुलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ । अस्थायी आवासका लागि विपद प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । बैठकले सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड उपलब्ध गराउने निर्णय गरेको छ ।