Redirecting...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग - ehimalayatimes.com

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चैत–वैशाखतिर प्रदुषण अत्यधिक बढ्दा र प्रदूषण न्युन हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको जिकिर गर्नुभयो । उहाँले वायु प्रदूषणमा यातायातको भुमिका भए पनि उपत्यकामा बढ्दो प्रदुषणको सम्पूर्ण दोष यातायात क्षेत्रलाई मात्र दिनु उचित हुने जिकिर गर्नुभयो । उहाँले यातायातको माध्यमबाट हुने प्रदूषण नियन्त्रण गर्न कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी ९ईभी०लाई प्रोत्साहन गरिएको समेत बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन् । उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको वातावरण प्रदुषण चैत, वैशाखतिर एकदमै उच्च तहमा पुग्दाखेरी र प्रदुषण न्यून हुँदा पनि यातायातका साधनहरु बराबर नै हुँदा वायु प्रदुषण बढ्नुको मुख्य कारक यातायात नै हो भन्ने कुरा देखिएन । प्रदुषण बढ्नुमा यातायातको भुमिका छ तर सम्पूर्ण रुपमा यातायातकै कारण उपत्यकामा वायुप्रदुषण बढेको भने होइन । यसका लािग हामीले कर तथा भन्सारको पुनरावलोकन गरेर ईभीलाई सहजता प्रदान गरेका छौँ । गत वर्षको तथ्यांक हेर्दाखेरी दुई तिहाईभन्दा बढी ईभी सवारी आयात भएको छ । अहिले ईभी प्रवद्र्धन भएको छ । हामीले साना गाडी मात्र होइन मास ट्रान्सपोटेसनमा पनि ईभी चलाउनुपर्छ भनेर नेपाल सरकार र चीनसकारबीच छलफल गरेर एक सय वटा ईभी बस चीन सरकारले दिने भनेको छ । अहिले पनि हामीले मास ट्रान्सपार्टेसनमा ४० वटा विद्युतीय बसहरु सञ्चालनमा छन् । हामीले यातायातको कारण वायु प्रदुषण नहोस् भनेर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ नेपाल सरकार र चीन सरकारबीच छलफल भई चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिवद्धता जनाएको र हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनमा रहेको अर्यालले बताउनु भयो ।