विश्व घटना : दक्षिण कोरियामा २ करोड जनाको क्रेडिट कार्ड ह्याक - www.nepaliheadline.com
काठमाडौं- आज २० जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए। प्रस्तुत छ, इतिहासमा आज भएका केही घटनाको सारसंक्षेप। – सन् १९३४- फुजी फिल्म स्थापना जापानी फोटोग्राफी र इलेक्ट्रोनिक्स कम्पनी चाँडै आफ्नो क्षेत्रमा एक विश्वव्यापी खेलाडी बन्यो। फुजी फिल्मको स्थापना त्यसको प्रस्थान विन्दु थियो। – सन् १९६९- विद्यार्थीको हत्याले बंगलादेशमा मुक्ति युद्ध युद्धको परिणामस्वरूप तत्कालीन पूर्वी पाकिस्तान इस्लामिक गणतन्त्र पाकिस्तानबाट अलग भयो र एक सार्वभौम राष्ट्रको रूपमा बंगलादेशको स्थापना भयो। – सन् १९८१- इरानको बन्धक संकट समाप्त सन् १९८१ मा ५२ अमेरिकी नागरिकलाई ४४४ दिनपछि इस्लामिक समूहको पञ्जाबाट रिहा गरिएको थियो। – सन् २०२४- जर्मनीमा सरकारविरुद्ध विशाल प्रदर्शन सन् २०२४ मा आजकै दिन जर्मनीभर विशाल प्रदर्शन भएको थियो। ‘अल्टरनेटिभ फर जर्मनी’ नीतिविरुद्ध उक्त प्रदर्शन भएको थियो। आप्रवासीहरूलाई ठूलो संख्यामा भित्र्याउने सरकारी योजनाविरुद्ध जर्मनीका नागरिकहरू आन्दोलित भएका थिए। – सन् २०१४- दक्षिण कोरियामा २ करोड जनाको क्रेडिट कार्ड ह्याक सन् २०१४ मा आजकै दिन एक साथ २ करोड जनाको क्रेडिट कार्ड ह्याकरले ह्याक गरेका थिए। कोरिया क्रेडिट ब्युरो नामक एक कम्पनीका लागि काम गरिरहेका कम्युटर कन्ट्र्याक्टरले उक्त डेटा चोरेका थिए। ती कन्ट्र्याक्टरले क्रेडिट स्कोर बनाउँथे। मानिसहरूको सामाजिक सुरक्षा नम्बर र क्रेडिट कार्ड डिटेल्स उनले कपी गरेर चोरेका थिए। – सन् २०२५- डिपसिकले बनायो एआई मोडेल चिनियाँ स्टार्टअप कम्पनी डिपसिकले आजकै दिन एआई मोडेल ‘आर-१’ लन्च गरेको थियो। उक्त मोडेलमा अन्य एआई मोडेलजस्तै क्षमता छ। तर, मूल्य एकदमै कम छ। विज्ञहरूले त्यसलाई ‘स्पुतनिक मोमेन्ट’ नाम दिएका छन्।