बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - bankingsamachar.com
काठमाडौं – बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २०) गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले उक्त शेयर खरिद कार्य आज बैकिङ्ग समयसम्म हुने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू, आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा नं.१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।