झटारो : सुदामा कुटी - www.nepaliheadline.com
Source: nplh
काठमाडौंको कुनामा बन्दै गरेकोसुदामा कुटीको नमूना हेरेंछापामा फोटो देखेंर फेरि सोचें यत्रा महान् नेताको यत्रो अवमूल्यनयति सानो तीन तल्ले कुटी ?कृष्ण भगवानले देखेकाभए पनि रिसाउने थिएसुदामा झुपडीमाकेवल ईंटा मात्रै देख्दा कुटीमा अग्लो टावर पनि राख्नुपर्ला,देशभर उभ्याइएकाभाइ टावरहरूको नमूना सम्झन ! हेलिप्याड पनि बनाउनु पर्ला,जन्मदिनको केक ल्याउन ! त्यसैसँग३-४ वटा पर्खाल थप्नुपर्लाजनताबाट टाढा हुन ! यदि कसैले कुटी ठूलो भन्छ भनेभने हुन्छ हृदय त अझै साँघुरो छ नि ! फाटक अगाडिसाइनबोर्ड टाँसिनुपर्लाप्रवेश निषेध छसुझाव, आलोचना रसत्य बोल्नका लागि ! भित्र बत्तीले झिलमिली पार्नुपर्लादेशमा भएको अँध्यारो छोप्न कुटीको गाथासँगै सम्झेंकतै देशकै भविष्ययो कुटीभित्र कैद त हुने होइन फेरि ?