कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरू पदमा कति ? - corporatekhabar.com
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतिर अघि बढेको छ । निर्वाचन समितिले नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ । उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने भएको छ । कांग्रेसमा कुन–कुन पदका लागि हुँदै छ निर्वाचन ? नेपाली कांग्रेसमा पुरानै विधानअनुसार केन्द्रीय समितिको लागि निर्वाचन हुने भएको छ । निर्वाचन समितिले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र आजै मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनमा यसअघि भएककै कार्यसमितिको लागि निर्वाचन हुन लागेको हो, जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री हुने छन् । बाँकी केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । पुरानै विधानअनुसार कांग्रेसको कार्यसमिति चयन हुने नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा पुरानै विधानअनुसार सिंगो कार्यसमिति चयन हुने भएको छ । सोमबार बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधनको प्रस्ताव राखे पनि उक्त प्रस्ताव पारित भई नसकेकाले पुरानै विधानअनुसार नेतृत्व चयन भएको हो । निर्वाचन आयोगले सो सोही विधानलाई टेकेर अहिले निर्वाचनको तयारी गरिरहेको छ । आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ता र ९ बजे मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । The post कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरू पदमा कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.