Redirecting...

विद्यालयका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ehimalayatimes.com

विद्यालयका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ehimalayatimes.com
Source: hmlt

धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्रतिवादीहरूविरुद्ध ८ लाख ६२ हजार १५२ रुपैयाँ ६५ पैसा बिगो कायम गर्दै कैद तथा जरिवाना दुवै सजायको मागदाबी गरिएको छ। आयोगले विद्यालयका तत्कालीन लेखापाल स्वर्गीय अरुणकुमार कुशियैतकी श्रीमती मति कुमारी सरिता देवी कुशियैतलाई पनि प्रतिवादी बनाएको छ। अरुणकुमारको निधन भइसकेकाले बिगो बराबरको रकम असुलउपर गर्न उनकी श्रीमतीलाई प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।