कांग्रेसले बोलायो आकस्मिक बैठक - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई बैठकमा बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट प्राप्त उम्मेदवार सिफारिसलगायतका विषयमा छलफल हुने बताइएको छ ।