समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने - corporatekhabar.com
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो । नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ । आयोगले भनेको छ, ‘फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२-०९-१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम समानुपातिक निर्वाचन अधिकृतको कार्यालय,, निवाचन आयोग, काठमाडौँबाट बिहान १० बजेद्केही दिउसो ४ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ ।’ The post समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.