Redirecting...

निर्वाचनपछि जनमतअनुसार सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री कार्की आतुर - bishwokhabar.com

निर्वाचनपछि जनमतअनुसार सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री कार्की आतुर - bishwokhabar.com
Source: bsbk

काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय मुलुकमा नयाँ राजनीतिक परिस्थिति बनेको उल्लेख गरिन् ।प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेनजी युवाहरुको आन्दोलनपछि जनतामा परिवर्तनको चाहना स्पष्ट रुपमा देखिएको बताउनुहुँदै सुशासन र समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य एजेण्डा रहेको स्पष्ट पारिन् । उनले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार अहोरात्र खटिएर तयारीका कामलाई तीव्रता दिएको जानकारी दिइन् । उनले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनताको अभिमतअनुसार नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरिन् ।