ओझेलमा परेको मुस्ताङको ‘झारकोट’ गाउँको कथा - farakdhar.com
Source: FRDH
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर नजिकै रहेको ऐतिहासिक तथा सांस्कृतिक गाउँ झारकोट पर्यटन विकासका हिसाबले ओझेलमा परेको छ । एउटै वडामा पर्ने पुराङ रानीपौवा बजार पर्यटकको चहलपहलले गुल्जार भइरहँदा मुक्तिनाथकै काखमा रहेको झारकोट गाउँ भने गुमनामजस्तै बनेको हो । मुक्तिनाथ मन्दिर वरपर झारकोट, पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुर गरी चार गाउँ रहेका छन् । तीमध्ये सबैभन्दा पुरानो र बाक्लो बस्ती झारकोट गाउँ हो । धार्मिक तीर्थालुहरूको बाक्लो आगमनका कारण ...