लेनोभोको नयाँ बजेट ट्याब्लेट ११ इन्चको डिस्प्ले र स्टाइलस सपोर्टको साथ सार्वजनिक - technologykhabar.com
लेनोभोले भारतीय बजारमा लक्षित नयाँ ट्याब्लेट मोडेल ल्याउने भएको छ। २०,००० भारतीय रुपैयाँभन्दा कम मूल्यको आइडिया ट्याब उच्च रिजोलुसनसहितको डिस्प्ले र स्टाइलस सपोर्टको साथ आउने उल्लेख गरिएको छ। ठूलो ब्याट्री र राम्रो स्पेक्सको साथ, लेनोभोले विद्यार्थीहरू, क्याजुअल प्रयोगकर्ताहरू र बजेटमा रहेका अन्यहरूका लागि यो नयाँ ट्याब्लेट उपयुक्त हुने बताएको छ। ब्राण्डले गत मे महिनामा विश्वव्यापी रूपमा आइडिया ट्याब के११ जेन २ सँगसँगै आइडिया ट्याबको घोषणा गरेको थियो। लेनोभो आइडिया ट्याबको स्पेसिफिकेसनः चिनियाँ टेक जायन्टको पछिल्लो ट्याब्लेट एक बजेट ट्याब हो जुन उत्कृष्ट भिजुअल एक्सपिरियन्स प्रदान गर्नमा केन्द्रित रहेको बताइएको छ। आइडिया ट्याबमा २.५के हाई रिजोल्युसन (२५६० ह १६०० पिक्सेल), ९० हर्ज रिफ्रेस रेट, ५०० निट्सको पीक ब्राइटनेस र त्%ख् आई केयरसहितको ११ इन्चको अग्लो एलसीडी प्यानल रहेको छ। मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसीले सुसज्जित यस ट्याबमा २५६ जीबी इन्टर्नल स्टोरेजको साथ ८जीबी एलपीडीडीआर४एक्स र्याम समावेश गरिएको छ। प्रयोगकर्ताहरूले माइक्रोएसडी कार्ड स्लट मार्फत २टीबी सम्म मेमोरी विस्तार गर्न सक्नेछन्। ट्याबको पछाडिको भागमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ भने अगाडिको भागमा सेल्फी र भिडियो कलहरूको लागि ५ मेगापिक्सेलको शूटर उपलब्ध रहेको छ। लेनोभो आइडिया ट्याबमा २० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने ७०४०एमएएचको ठूलो ब्याट्री समावेश गरिएको छ। यो ट्याब्लेट एन्ड्रोइड १५ ओएसमा आधारित जेडयूआई १७ कस्टम स्किनमा चल्छ जसमा २ वर्षको प्रमुख ओएस अपग्रेड र ४ वर्षको सुरक्षा प्याचहरू उपलब्ध छन्। अन्य उल्लेखनीय सुविधाहरूमा ब्लुटुथ ५.२, एआई पावर्ड टुल्स, डल्बी एटमससहितको क्वाड स्पिकरहरू र ३.५ एमएम अडियो ज्याक समावेश रहेको छन्। लेनोभो आइडिया ट्याब केवल लुना ग्रे रङ्ग भेरियन्टमा मात्र उपलब्ध हुनेछ र स्टाइलससहितको वाइफाइ वन्लि संस्करणको लागि यसको सुरुवाती मूल्य १६,९९९ भारतीय रुपैयाँ (लगभग १९४ अमेरिकी डलर) कायम गरिएको छ। अर्कोतर्फ, पेनसहितको फाइभजी सक्षम मोडेलको मूल्य १९,९९९ भारतीय रुपैयाँ (लगभग २२८ अमेरिकी डलर) पर्नेछ। यो अमेजन इन्डिया र ब्राण्डको आधिकारिक वेबसाइट मार्फत खरिदको लागि उपलब्ध हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ। The post लेनोभोको नयाँ बजेट ट्याब्लेट ११ इन्चको डिस्प्ले र स्टाइलस सपोर्टको साथ सार्वजनिक appeared first on Technology Khabar.