ग्रेटवाल मोटर्सले ल्यायो ‘ओरा फाइभ’ एसयूभी - www.meroauto.com
काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लूएम) ले ओरा ब्राण्डमा पहिलो एसयूभी सार्वजनिक गरेको छ । जीडब्लूएमको ओरा इलेक्ट्रीक कार उत्पादन गर्ने सहायक ब्राण्ड हो । चिनियाँ बजारमा १४ हजार १६० अमेरिकी डलर बराबर मूल्य तोकेर बिक्री सुरु भएको ओरा फाइभको टप भेरियन्टले सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज दिने सीएलटीसी टेस्टले देखाएको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध ओरा फाइभमा ४५.३ किलोवाट आवर र ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्री जीडब्लूएमकै सहायक कम्पनी एसभोल्टले उत्पादन गरेको हो । यसमा मोटर भने १५० किलोवाट क्षमताको छ । अन्तर्राष्ट्रिय बजारमा ओरा-०३ पनि निकै चर्चामा रहेको मोडल हो । नेपाली बजारमा बिगत दुई वर्षदेखि ओरा-०३ बिक्री वितरण हुँदै आएको भएपनि यसले खासै बजार भने पाउन सकेको छैन । जीडब्लूएमले ओरा-०३ कै जस्तो ‘क्युट’ लक्सलाई निरन्तरता दिएर क्रसओभर एसयूभी तयार पारेको छ । गोलाकार सेपमा तयार भएको हेडलाइट क्लस्टर, थचक्क बसेको बोनेट निकै क्लासिक लुक्स दिन सक्षम छ । ओरा फाइभ एसयूभीको लम्बाइ ४४७१ एमएम, चौडाइ १८३३ एमएम र उचाइ १६४१ एमएम छ । यसमा ह्वीलवेस भने २७२० एमएम लामो दिइएको छ । अर्वान क्रसओभर भनेर चीनमा यसको बिक्री सुरु भएको हो । कम्पनीले चालकको सूचनाको लागि १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र मनोरन्जन तथा गाडी सेटिङको लागि १५.६ इन्चको टच स्कृन दिएको छ । टु स्पोक स्टेरिङ ह्वील, वायरलेस फोन चार्जर, स्टेरिङ कोलुममै गियरनब उपलब्ध कारमा निकै आरामदायी सिटको प्रयोग गरिएको छ । The post ग्रेटवाल मोटर्सले ल्यायो ‘ओरा फाइभ’ एसयूभी appeared first on Meroauto.