वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो - ukaalo.com
Source: uklo
सुनसरी– अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ। गएराति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेन्ड थियो। रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए। उनका अनुसार अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका छन्। आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो।