Redirecting...

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन - www.onlinepana.com

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन - www.onlinepana.com
Source: onpa

काठमाडौं । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ । नयाँ ‘ब्लु स्क्वायर’ शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो । यसमा ब्रान्डको सम्पूर्ण थ्री एस (3S) पूर्वाधार सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पार्ट्सका लागि डेडिकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । ‘ब्लु’ ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ, भने ‘स्क्वायर’ ले ‘वान स्टप खरिद केन्द्र’ लाई जनाउँछ । ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज र राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरूलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउँछ । उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालज्यूले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानका लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश पार्दै भने, ‘ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ । ब्लु स्क्वायर शोरूम यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो । यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् । बिक्री र सेवा मात्र होइन, ब्लु स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउँछ । यसले हाम्रो बाइक, स्कुटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्काउँछ ।’ यामाहा मोटर इन्डिया सेल्स प्रा. लि. का निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए । उनले भने, ‘यामाहामा ग्राहक सन्तुष्टि सधैँ हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वस्त छौँ कि बाइकर्ज बुटवलले यस क्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभव प्रदान गर्न नयाँ स्तर कायम गर्नेछ । हामीलाई विश्वास छ, यो ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्डलाई कायम राख्नेछ र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यामाहा र एमएडब्लु दुवैले पूर्ण सहयोग जारी राख्नेछन् ।’ ब्लु स्क्वायरको अवधारणा एउटा रिटेल स्पेस मात्र होइन, यसले यामाहाको जीवनशैलीलाई झल्काउँछ, जुन पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको आकांक्षासँग मेल खान्छ । एमएडब्लु राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपाल देशभर नवप्रवर्तन, प्रिमियम अनुभव र भरपर्दो सेवाको विश्वस्तरीय मापदण्डलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ । बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोबिलिटी र राइडिङको रोमाञ्चलाई नयाँ तरिकाले परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम बनेको छ । The post यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).