Redirecting...

आफ्नो सेग्मेन्टमा क्रेटाको बजार हिस्सा ७२ प्रतिशत, अन्य प्रतिस्पर्धी कहाँ ? - www.meroauto.com

आफ्नो सेग्मेन्टमा क्रेटाको बजार हिस्सा ७२ प्रतिशत, अन्य प्रतिस्पर्धी कहाँ ? - www.meroauto.com
Source: meau

काठमाडौं । हुन्डाई क्रेटा पेट्रोल आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धीविहीन देखिएको छ । सन् २०२५ को साढे १० महिना (जनवरी १ देखि नोभेम्बर १५ सम्म)को आयातको आधारमा क्रेटाको बजार हिस्सा ७२.५८ प्रतिशत देखिएको हो । अंग्रेजी नयाँ वर्षको अन्तिम तिर आइपुग्दा पेट्रोल एसयूभीको बिक्री क्रमशः सुधारोन्मुख देखिएको छ । यस अवधिसम्ममा १ हजार १४९ युनिट कम्प्याक्ट एसयूभी आयात भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्ट (४.४ मिटर) मा क्रेटा आफ्नो प्रतिस्पर्धीभन्दा निकै अगाडि पुगेको देखिन्छ । सन् २०२५ लागेसँगै सबैभन्दा धेरै आयात भएको मोडलमा पनि क्रेटा पर्छ । ईभीमा एमजी एस फाइभ १ हजार ५२ युनिट आयात हुँदा क्रेटा पेट्रोल ८३४ युनिट आयात भएको देखिन्छ । क्रेटाको इलेक्ट्रीक पनि यस अवधिमा ३५२ युनिट आयात भएको छ । दुबै क्रेटालाई एक साथ मिलाउने हो भने १ हजार १८६ युनिट आयात भएको देखिन्छ । हुन्डाई मोटर्स ग्रुपकै अर्को ब्राण्ड कियाको सेल्टोस एसयूभी दोस्रो स्थानमा छ । क्रेटाकै प्लेटर्फम, इन्जिन र गियरबक्स रहेको सेल्टोस झण्डै एक वर्षको अवधिमा २१४ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । जुन कुल आयातको २०.३६ प्रतिशत हो । यसलाई कोरियन कम्पनी हुन्डाई मोटर ग्रुपको आँखाबाट हेर्ने हो भने कुल बजार हिस्साको ९२.९४ प्रतिशत उनीहरूसँग देखिन्छ । यी दुई कोरियन ब्राण्डसँगै उस्तै मोडल लिएर प्रतिस्पर्धामा रहेको जर्मन कम्पनी फक्सवागेन मोटर्स ग्रुप निकै पछाडि देखिएको छ । फक्सवागेनले टाइगुन एसयूभी केबल ५० युनिट आयात गर्दा त्योभन्दा पनि कम संख्यामा स्कोडा कुशक आयात भएको छ । कुशक ३४ युनिट आयात भएको देखिन्छ । फक्सवागेन टाइगुनको सेग्मेन्टमा बजार हिस्सा ४.३५ प्रतिशत रहँदा स्कोडा कुशकको बजार हिस्सा २.९५ प्रतिशत रहेको छ । मारुती सुजुकी ग्राण्ड भिटारा पनि यही सेग्मेन्टमा उपलब्ध मोडल हो । सुजुकी ग्राण्ड भिटारा हाइब्रिड मोडल जम्मा ११ युनिट मात्रै आयात भएको देखिन्छ । जुन कुल आयातको एक प्रतिशतभन्दा कम हो । The post आफ्नो सेग्मेन्टमा क्रेटाको बजार हिस्सा ७२ प्रतिशत, अन्य प्रतिस्पर्धी कहाँ ? appeared first on Meroauto.