बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – बाढी र पहिरोले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माणको काम धमाधम भइरहेको छ । वर्षाका कारण आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माणको काम अगाडि बढाइएको छ । चार वटा खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी खण्डमा पर्ने तीन किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ...