राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न राष्ट्रपति कार्यालयको निवास शीतलनिवास पुग्नुभएको हो। पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, संवैधानिक प्रक्रियाहरू र समसामयिक विषयहरूबारे छलफल भएको स्रोतले जनाएको छ।