Redirecting...

कांग्रेस विशेष महाधिवेशनः राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्न तोकियो समय - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशनः राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्न तोकियो समय - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल अवधि तोकेको छ । आज पार्टी विधान संशोधन गर्दै अवधि तोकेको हो । विशेष महाधिवेशनको बन्द सत्रले विधान संशोधन प्रस्ताव पारित गर्र्दै अवधि तोकेको हो । अब कांग्रेसमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चार पटक मात्र सांसद बन्न पाइने छ । समानुपातिक निर्वाचन प्रणालीबाट एक व्यक्ति एक पटक मात्रै चयन हुनेछ । एउटै व्यक्ति पटक पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्परा अन्त्य गर्दै पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सीमित व्यक्तिले पटक पटक अवसर पाउने अवस्था रोक्न नयाँ व्यवस्था गरेको जनाइएको छ । The post कांग्रेस विशेष महाधिवेशनः राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्न तोकियो समय appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.