Redirecting...

माैसम पूर्वानुमान : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना - bishwokhabar.com

माैसम पूर्वानुमान : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना - bishwokhabar.com
Source: bsbk

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।