Redirecting...

सरकार र दुर्गा प्रसाईं पक्षबीच वार्ता: माग सम्बोधन गर्दै जाने सहमति - nagariknews.nagariknetwork.com

सरकार र दुर्गा प्रसाईं पक्षबीच वार्ता: माग सम्बोधन गर्दै जाने सहमति - nagariknews.nagariknetwork.com
Source: ngrk

सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बीचको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।मंगलबार साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्ता सौहार्दपूर्ण र फलदायी रहेको सरकारले जनाएको छ।वार्तापछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुवै पक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको बताए।मन्त्री खरेलले भने, ‘दुवैतर्फबाट आ–आफ्ना कुराहरू सौहार्दपूर्ण ढङ्गले राखियो। आन्तरिक गृहकार्य गर्दै संवादलाई निरन्तरता दिने र विषयहरूलाई सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ।’महाअभियानका तर्फबाट वार्तामा सहभागी केन्द्रीय सचिव प्रेमदिप लिम्बुले पनि छलफल सकारात्मक भएको बताए। उनले आन्तरिक गृहकार्य गरेर चरणबद्ध वार्ता र संवादका माध्यमबाट अभियानले उठाएका मागहरूको समाधान खोज्दै अगाडि बढ्ने सहमति भएको जानकारी दिए।आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग थप वार्ता गर्ने तयारी रहेको जनाइएको छ।वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए।यस्तै, नागरिक बचाउ महाअभियानबाट सचिव लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए। वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले गरेका थिए।सरकारले निर्वाचनका लागि सहज राजनीतिक वातावरण बनाउन केही दिनअघि कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो।सोही समिति अन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा गठित आन्तरिक सहजीकरण तथा समस्या समाधान समितिले महाअभियानसँग औपचारिक संवाद थालेको हो।