निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु : हर्क साम्पाङ - bishwokhabar.com
Source: bsbk
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दावी गरेका छन् । शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्नने सरकारको नेतृत्व आफुले गर्ने बताएका हुन् । उनले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाएका छन् । देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले बताए । अध्यक्ष साम्पाङलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको थियो ।