Redirecting...

महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर भगवान शिवको आराधना - www.pardafas.com

महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर भगवान शिवको आराधना - www.pardafas.com
Source: pfds

महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ । जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ । पशुपतिनाथ क्षेत्र लगायत देशभरका विभिन्न मन्दिर र घरहरूमा श्रद्धालुहरूले धुनी बालेर रातभर जागराम बसेका छन् । शिवधुनीलाई भगवान शिवको ज्योतिको प्रतीक मानिन्छ र यसले अज्ञानताको अन्धकार हटाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार शिवरात्रिको रातमा धुनी जगाउँदा मन शुद्ध हुने र नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ । विशेष गरी पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनहरूले ठूला–ठूला धुनी जगाएर भजनकीर्तन र शिवको महिमा गाएका छन् । धुनीको खरानीलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन पनि रहेको छ । जसले शिवको नजिक पुगेको महशुस गराउँछ ।