जेनजी ! योगमायाको पार्टी थिएन, तिमीहरू आन्दोलनमै रहु - www.onlinekhabar.com
Source: onkh
गान्धीले कंग्रेस शासन गर्नका लागि होइन, क्रान्ति गर्न हो भन्दै रहे। जेपी राजनीति छाडेर आन्दोलनमा लागे। योगमायाले धर्म राज भनिन्। ती सबैको माग युवा पुस्ताले मागेको सुशासन जस्तै हो। शुक्रराज शास्त्रीको गीता प्रवचनको सार नै 'कर्म गर फलको आश नगर' हो। यही नै शुक्रराज शास्त्रीहरूको आन्दोलन हो, जसले 'लाभ पदको लोभ नगर' भन्यो। हाम्रा विगतका आन्दोलनहरूको सारले भन्छ- सच्चा जेनजीहरू पार्टीमा भन्दा आन्दोलनमा रहुन्।