मल अभावको नाटक : गोदाममा मौज्दात, किसान भने रित्तै - farakdhar.com
Source: FRDH
खेतमा पानी आएको छ, धान पनि रोपिएको छ, अब चाहिएको थियो युरिया मल । तर, किसान हातमा हाली मल खोज्दै लाइनमा उभिन बाध्य छन् । सरकारले ‘मल छ’ भनिरहँदा सिरहाका किसान चाहिँ बिहानैदेखि लाइन बसेर पनि रित्तै फर्कनु परेको छ । कृषि सामग्री कम्पनी लिमिटेड लहान शाखाका अनुसार जिल्लामा डिएपी र युरिया मल पर्याप्त मात्रामा मौज्दात छ । तीन चरणमा वितरण भइसकेको र चौथो चरणको मल आउँदै गरेको कम्पनीको भनाइ छ । तर, यो तथ्य स्थानीय किसानको अनुभवसँग मेल खाँदैन । नरहा गाउँपालिकाका रघुवीर यादव भन्छन्, ‘हिजो बिहान ४ बजे...