इसेवाको ‘लाखौं लाख शुभकामना’ योजना - ehimalayatimes.com
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट इसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता चारजना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एकजना भाग्यशाली विजेताले दुई लाख दुई हजार छ सय रुपैयाँ प्राप्त गर्नेछन् । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, ‘अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् ।’ योजना अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया, जापान, रोमानिया, मलेसिया, युएई, साउदी अरेबियालगायत विश्वका विभिन्न देशबाट इसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ ।