Redirecting...

मधेस बुझेरै राजनीति गर्ने सन्देश : गगन थापाको आत्मसमीक्षात्मक अभिव्यक्ति - www.lumbinisanchar.com

मधेस बुझेरै राजनीति गर्ने सन्देश : गगन थापाको आत्मसमीक्षात्मक अभिव्यक्ति - www.lumbinisanchar.com
Source: lbns

दाङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसलाई केवल राजनीतिक एजेन्डा होइन, बुझ्न र सिक्नुपर्ने साझा पहिचानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले आफू मधेस ‘भोट माग्न होइन, पढ्न र बुझ्न’ आएको स्पष्ट पार्दै नेतृत्वमा आत्मसमीक्षाको खाँचो औँल्याए । सर्लाही निर्वाचन क्षेत्र नं ४ मा आयोजित कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै सभापति थापाले मधेसप्रति केन्द्रित राजनीति सतही नहुनुपर्ने बताए । सिमरा विमानस्थलमा ओर्लिएपछि विभिन्न स्थानमा मधेसका नागरिकबाट पाएको आत्मीय स्वागतले आफूलाई थप जिम्मेवार बनाएको उनको भनाइ थियो। थापाले मधेसले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै अब भाषा, संस्कृति, भेषभूषा र सामाजिक मूल्य बुझ्न आफूले समय लिने बताए । स्थानीय भाषामा तत्काल सम्बोधन गर्न सुझाब आए पनि त्यसलाई औपचारिकता मात्र नबनाउने उनको जोड थियो । “दुई दिन आएर भाषण गर्ने राजनीति म गर्न चाहन्नँ,” उनले भने, “सिकेपछि मात्र बोल्छु।” काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिका रूपमा संसद्मा मधेसका सवाल उठाउँदै आएको उल्लेख गर्दै उनले अब ती विषयलाई अझ नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए। मधेसप्रति समर्पण बिना सम्पूर्ण नेपालीपन सम्भव नहुने निष्कर्षसहित आफू मधेस आएको उनले स्पष्ट पारे। थापाको यो अभिव्यक्तिलाई मधेस–केन्द्रित राजनीतिमा भाषणभन्दा बुझाइ र व्यवहारलाई प्राथमिकता दिने सन्देशका रूपमा हेरिएको छ।