एमाले महाधिवेशन : नेतृत्व चयनका लागि भएकाे मतदानका १५ तस्बिर - www.sutranews.com
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बुधबार मतदान भइरहेकाे छ । मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे। उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए । उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाइ छ। मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।