Redirecting...

दुई दिनदेखि वृद्धा बेपत्ता - nagariknews.nagariknetwork.com

दुई दिनदेखि वृद्धा बेपत्ता - nagariknews.nagariknetwork.com
Source: ngrk

सदरमुकाम इनरुवा नगरपालिका -५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन्। शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दसैंको टीका लगाउन मावल हिंडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताए।दाहाल इनरुवा-३, सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउन हिँडेकी थिइन्। शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ। बेपत्ता महिलाको खाेजी भइरहेको प्रहरी उपरीक्षक थेबेले बताए।