Redirecting...

टिकापुर नगरपालिकामा सुकुम्वासीको तालाबन्दी - ehimalayatimes.com

टिकापुर नगरपालिकामा सुकुम्वासीको तालाबन्दी - ehimalayatimes.com
Source: hmlt

कैलाली । कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी भएका कारण कामकाज ठप्प भएको छ । विहिवार देखि लगाइएको ताला अझै खुलेको छैन । टीकापुर नगरपालिदका-१ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका हुन् । टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर माविको जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीले जग्गा नापजाँचको माग गर्दै प्रदर्शन गरेका छन् । विहीवार दिनभर नगरपालिका कार्यालयमा धर्ना दिएका उनीहरूले साँझपख कार्यालयमा तालाबन्दी गरेका गरेका थिए । टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु काठमाडाैंमा हुनुहुन्छ । उहाँ नाउपाका नेता समेत हुनुहुन्छ । आफ्नो कार्यालयमा सुकुम्वासी भुमिहिनहरुले तालाबन्दी गर्दा थारुले आफ्नो पार्टिको नयाँ अध्यक्ष चयन गर्दै हुनुहुन्थ्याे । तालाबन्दी भएको २ दिन पछि शुक्रवार टिकापुर कार्यालय आउन लागेको टिकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताउनु भयो । ‘मेयरसाव काठमाडाैं बाट उडिसक्नु भएको छ आजै आउनु हुन्छ र वार्ता हुन्छ’, चौधरीले भन्नुभयाे । नेकपा माओवादी बाट निर्वाचित नगर उप प्रमुख खड्कबहादुर शाह पनि काठमाडाैंमा हुनुहुन्छ । तालाबन्दी भएका कारण कार्यालयको सम्पुर्ण कामकाज ठप्प भएको छ ।