Redirecting...

सानिमा र एनसिएचएलबीच सम्झौता - ehimalayatimes.com

सानिमा र एनसिएचएलबीच सम्झौता - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल)बीच नेसनल कार्ड स्विचअन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता भएको छ । सानिमा र एनसिएचएलबीच एनपिएस-नेसनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रमुख सदस्यताका लागि सम्झौता भएको हो । सम्झौताअनुसार एनपिएस-नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारको राउटिङ र सेटलमेन्टमा अन्तर सञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिएको हो । सम्झौतापत्रमा सानिमा बैंकतर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एनसिएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।