Redirecting...

कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध - ehimalayatimes.com

कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शन, नेताहरूलाई प्रवेशमा अवरोध - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनकारीहरूले पार्टीलाई ‘बन्दी’ बनाउन नहुने भन्दै नाराबाजी गरेका छन्। यस क्रममा केही नेताहरू र प्रदर्शनरत कार्यकर्ताबीच भनाभन समेत भएको छ। आजका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू वैकल्पिक गेट प्रयोग गरी पार्टी कार्यालय प्रवेश गरिरहेका छन्। बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि सारिए पनि हालसम्म सुरु हुन सकेको छैन।