Redirecting...

अन्तुपोखरीको सौन्दर्य (तस्बिरहरू) - ehimalayatimes.com

अन्तुपोखरीको सौन्दर्य (तस्बिरहरू) - ehimalayatimes.com
Source: hmlt

इलाम । इलाम घुम्न जाँदै हुनुहुन्छ? तपाईंले सबैभन्दा पहिले भेट्नुपर्ने भनेकै मौसमको बिचित्रता हो। कहिले-काहीँ लाग्छ—यस्तो हुस्सुमा के घुम्न आउनु? बिहानैदेखि बाक्लो कुहिरोले इलामलाई छपक्कै छोकेको हुन्छ। त्यति बेलामा थकित मनले चिया अर्डर गर्छ—‘एक कप इलामे चिया।’ तर त्यो चिया सकिन नपाउँदै आकास खुल्दै जान्छ, चियाबगान झलमल्ल देखिन थाल्छ, अनि लाग्छ—”के यो स्वर्ग होइन र ?” निलो आकासमुनिको हरियो चियाबगान, टाढा-पारिको डाँडामा लहरिएका हुस्सु, अनि चियाको गन्धले मोहित बनाउँछ। त्यही मोहममा टिसर्ट लगाएर, क्यामेरा बोकेर फोटा खिच्न निस्कनुहुन्छ। तर ठ्याक्कै एक घण्टापछि हल्का वर्षा सुरु हुन्छ। निथ्रुक्क भिज्नुभयो, अनि सम्झनुहुन्छ—”अहिले चाहिँ ज्याकेट चाहियो रहेछ।” इलामको यिनै अप्रत्याशित मौसम—कहिले घाम, कहिले हुस्सु, कहिले पानी—यही हो यहाँको सौन्दर्य। आज हामी तपाईंलाई यस्तै अद्भुत क्षण समेटिएका केही तस्विरहरू अन्तुपोखरी क्षेत्रबाट प्रस्तुत गर्दैछौं, जहाँ घाम र हुस्सुको लुकामारीले इलामलाई अझै रहस्यमयी र सुन्दर बनाएको छ। हेर्न नबिर्सनुहोला।