प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत सिंहदरबारमा - www.sutranews.com
Source: sutr
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री कार्की र राजदूत सोङबिच दुई देशको आपसी हित र चासोको विषयमा छलफल भएको बताइएको छ । नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै राजदूत सोङले नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।