Redirecting...

आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ - nepalnews.com

आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ - nepalnews.com
Source: NPNW

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथग्रहण कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो। शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्। उनले मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेन-जी युवाको आकांक्षाबमोजिम योजनाको तयारी गर्न निर्देशन दिइन्। “हामीले तपाईंहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ, मुलुकको परिस्थितिबारे जानकार नै हुनुहुन्छ, यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ। देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ‚” प्रधानमन्त्री कार्कीले भनिन्, “हालको परिस्थिति राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ।” मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्त गरेको थियो।