ऊर्जा मिश्रणको अवधारणाले सौर्य ऊर्जाका परियोजनामा लगानी आकर्षण - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाले सौर्य ऊर्जातर्फ लगानीकर्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । जलविद्युत् आयोजना वर्षायाममा बढी र हिउँदमा कम उत्पादन गर्ने भएकाले वैकल्पिक ऊर्जाका रूपमा सौर्य परियोजनामा रुचि तीव्र भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागका अनुसार अहिलेसम्म २ हजार १ सय ४ मेगावाट क्षमताका ९७ सौर्य परियोजनाले सर्वेक्षण अनुमति पाएका छन् । सरकारले सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुलीको उचित मूल्य सुनिश्चित गर्दै ऊर्जा मिश्रणलाई प्राथमिकता दिएपछि लगानी वातावरण झनै आक...