आधुनिक चिनियाँ लडाकु विमान रहेको पाकिस्तानको भरोसा अझै किन अमेरिकी एफ-१६ मा? - www.bbc.com
Getty Images पाकिस्तानसँग ८० वटा भन्दा धेरै एफ-१६ लडाकु विमानहरू छन् (फाइल तस्बिर) अमेरिकाले पाकिस्तानलाई एफ-१६ लडाकु विमानहरूका लागि प्राविधिक सहायता तथा उपकरणहरूको बिक्री अनुमोदन गरेको छ।अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससिए) ले यस विषयमा अमेरिकी कङ्ग्रेसलाई पठाएको एक पत्र अनुसार उक्त प्रस्तावित सम्झौताको कुल लागत ६८ करोड ६० लाख अमेरिकी डलर छ।सो पत्रमा प्रस्तावित बिक्रीको उद्देश्य पाकिस्तानका एफ-१६ लडाकु विमानहरूलाई आधुनिकीकरण गर्नु र तिनका सञ्चालन सुरक्षा जोखिमहरूलाई सम्बोधन गर्नु रहेको बताइएको छ। जसअनुसार यस पहलले पाकिस्तानलाई आतङ्कवादविरोधी प्रयासहरूमा अमेरिकासँग साझेदारी गर्ने अवसर प्रदान गर्नेछ। के भारत-पाकिस्तान द्वन्द्वमा चीन 'विजेता' बन्न पुगेको हो?कश्मीर : भारत र पाकिस्तानलाई सङ्कटको सँघारमा पुर्याउने ती चार दिन ८ डिसेम्बरमा अमेरिकी संसद् कङ्ग्रेसलाई पठाइएको उक्त पत्रमा जनाइए अनुसार पाकिस्तानलाई लिङ्क-१६ सिस्टम कम्युनिकेसन/डेटा सेअरिङ नेटवर्क, क्रिप्टोग्राफिक उपकरणहरू, तालिम र व्यापक बन्दोबस्तीजन्य सहायता प्रदान गरिनेछ।उक्त अमेरिकी रक्षा निकायले सो सम्झौताले पाकिस्तानलाई आफ्नो एफ-१६, ब्लक-५२ र मिड-लाइफ 'अपग्रेड' गर्नुका साथै एफ-१६ विमानहरू अद्यावधिक गरेर हाल र भविष्यका खतराहरू सामना गर्ने आफ्नो क्षमता कायम राख्न सक्षम बनाउने बताएको छ।यी स्तरोन्नतिले पाकिस्तानलाई प्रदान गरिएका एफ-१६हरू सन् २०४० सम्म सञ्चालनमा रहने कुरा सुनिश्चित गर्ने उक्त पत्रमा उल्लेख छ।डिएससिएले अद्यावधिक गरिएका यी कुराहरूले पाकिस्तानी र अमेरिकी वायु सेनाबीच युद्ध सञ्चालन, सैन्य अभ्यास र तालिममा थप सुधार गर्ने बताएको छ।पाकिस्तान एफ-१६ मा कस्तो 'अपग्रेड' चाहन्छ? Getty Images अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित सुधारहरूपछि पाकिस्तानी एफ-१६ विमानहरू सन् २०४० सम्म सेवामा रहनेछन् (फाइल तस्बिर) पाकिस्तानले यस विषयमा प्रतिक्रिया दिँदै एफ-१६ विमानको स्तरोन्नतिका लागि आएको अमेरिकी स्वीकृति दुई देशबीचको सामान्य रक्षा सहयोगको अंश भएको जनाएको छ।इस्लामाबादस्थित विदेश मन्त्रालयका प्रवक्ताले ११ डिसेम्बरको साप्ताहिक ब्रीफिङमा एफ-१६ विमान स्तरोन्नतिको लागि ६८ करोड ६० लाख अमेरिकी डलर प्याकेजको अमेरिकी स्वीकृतिले दुई देशबीचको रक्षा सहयोगलाई प्रतिबिम्बित गर्ने बताए।उनले यस निर्णयको स्वागत गर्दै पाकिस्तान अमेरिकासँगको सम्बन्ध प्रवर्द्धन गर्न इच्छुक रहेको बताए।पाकिस्तानले विगत चार दशकदेखि आफ्नो हवाई सीमा सुरक्षा र आतंकवादविरोधी कार्यसहितका विभिन्न उद्देश्यका लागि एफ-१६ विमान प्रयोग गर्दै आएको छ। ड्रोनदेखि क्षेप्यास्त्रसम्म: भारत र पाकिस्तानका सैन्य क्षमताको तुलनायुक्रेनका लागि एफ-१६ लडाकु विमान किन महत्त्वपूर्ण रक्षा विश्लेषक मोहम्मद अलीका अनुसार एफ-१६ विमान पाकिस्तानी वायु सेनाको रक्षापङ्तिका लागि निकै महत्त्वपूर्ण छ।बीबीसीसँग कुरा गर्दै मोहम्मद अलीले पाकिस्तान एफ-१६ विमानहरूको राडार प्रणालीलाई अझ प्रभावकारी बनाउन चाहने बताए।त्यसले आतङ्कवादी निशानाहरूमा सटिक रूपमा लक्षित गर्ने क्षमतामा सुधार आउने उनको विश्लेषण छ।उनका अनुसार पाकिस्तान ती विमानहरूमा जडान गरिएको एएमआरएएएम एअर-टु-एअर मिसाइलको अझ आधुनिक संस्करण चाहन्छ।उनले सन् २००६ मा पाकिस्तान वायुसेनाले प्राप्त गरेको एआईएम-१२० मिसाइलहरू सी-५ मोडेल थिए, जुन एफ-१६सी र डी ब्लक-५२ साथ प्राप्त गरिएको थियो।यस मिसाइलको अझ आधुनिक संस्करणहरू आज दिनमा उपलब्ध रहेका र पाकिस्तान ती पाउन इच्छुक रहेको अली बताउँछन्। Getty Images मोहम्मद अलीका अनुसार पाकिस्तानले एफ-१६ विमानको एभियोनिक्स सुइट पनि अपग्रेड गर्न चाहन्छ।यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने गत अक्टोबरको सुरुमा अमेरिकी रक्षा कम्पनी रेथियनलाई अमेरिकी प्रशासनले जारी गरेको खरिदकर्ताको सूचीमा समावेश गरिएको थियो।उक्त कम्पनीलाई पाकिस्तानलाई आधुनिक मध्यम-दूरीका एयर-टु-एयर मिसाइल (एएमआरएएएम) विक्री गर्ने अनुमति पनि दिइएको थियो।चिनियाँ आधुनिक विमान हुँदाहुँदै एफ-१६ मा निर्भरता किन?पाकिस्तानको वायुसेनामा हाल चीनमा निर्मित नवीनतम लडाकु विमानहरू छन्। यी चौथो पुस्ताका लडाकु विमानहरू हुँदा हुँदै पनि एफ-१६ पाकिस्तान वायुसेनामा एक महत्त्वपूर्ण शक्ति बनेको छ।पाकिस्तान वायुसेनामा हाल चीन, अमेरिका र फ्रान्सको प्रविधिमा आधारित तीन देशका लडाकु विमानहरू छन्।फ्रान्सेली मिराज विमान, अमेरिकी एफ-१६ र सी-१३० विमान र चिनियाँ जे-१०सी र जेएफ-१७ थन्डर लडाकु विमान पाकिस्तानी वायुसेनाले सञ्चालन गर्छ। Getty Images पाकिस्तानी वायुसेनासँग हाल चीनमा बनेको जे-१०सी र जेएफ-१७ विमानहरू छन् पाकिस्तानले आफ्नो सीमानाको सुरक्षा गर्न तिनको भिन्नभिन्न क्षमतामा निर्भर रहँदै ती विमानहरूलाई विभिन्न तरिकाले प्रयोग गर्ने गर्छ।विश्लेषकहरूका भनाइमा पाकिस्तानी वायुसेनाले यी तीन देशका प्रविधिमा आधारित विमानहरूलाई समयमै र प्रभावकारी रूपमा तैनाथ गर्नुका साथै तिनको मर्मत, स्तरोन्नति र प्रशिक्षणको लागि एक व्यापक प्रणाली समेत विकास गरेको छ।पाकिस्तानसँग अमेरिकी प्रविधियुक्त एफ-१६ र सी-१३० का साथै टी-३७ तालिम विमानहरू छन्। एफ-१६ लडाकु विमान दुर्घटनापछि युक्रेनी राष्ट्रपतिद्वारा वायुसेना प्रमुख बर्खास्तरुससँगको युद्धमा एफ-१६ लडाकु विमानले युक्रेनलाई कसरी सघाउन सक्छन् विश्लेषक मोहम्मद अलीका अनुसार पाकिस्तानका हालका चिनियाँ-निर्मित जे-१०सी जेएफ-१७ हरू धेरै आधुनिक र प्रभावकारी लडाकु विमान रहेकामा कुनै सन्देह छैन। ती पीएल-१५ मिसाइलले सुसज्जित छन् र २०० किलोमिटरसम्मको दायरामा लक्ष्यहरू प्रहार गर्न सक्छन्।उनले एफ-१६ पाकिस्तान वायुसेनाको एक सफल र आधुनिक विमान रहेको बताउँदै जुन उसले विगत ४० वर्षदेखि प्रभावकारी रूपमा प्रयोग गर्दै आएको उल्लेख गर्छन्।मोहम्मद अलीका भनाइमा एफ-१६ कम महँगो, बढी प्रभावकारी, मर्मत गर्न सजिलो र तालिम दिन उपयोगी र र अन्य लडाकु विमानहरू भन्दा बढी भरपर्दा छन्। यो पाँचौँ पुस्ताको विमान भन्दा सस्तो छ।एफ-१६ ले पाकिस्तानको आतङ्कवादविरोधी अभियानहरूमा महत्त्वपूर्ण भूमिका खेलेको छ।विगत २५ वर्षमा पाकिस्तानले आफ्नो ८० प्रतिशत अपरेसनहरूमा आतङ्कवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्न यी विमानहरू प्रयोग गरेको मोहम्मद अली बताउँछन्।पाकिस्तानले कहिले र कसरी एफ-१६ विमान पाएको थियो?सन् १९७२ मा अमेरिकी कम्पनी जनरल डाइनामिक्सले हलुका लडाकु विमानको आवश्यकतालाई बुझ्दै एफ-१६ को विकास गर्यो। उक्त विमानलाई "फाइटिङ्ग फाल्कन" नाम दिइएको थियो।ती एकल-सीट, एकल-इन्जिन जेटहरू थिए जुन ध्वनिको गतिभन्दा दोबर उडान गर्न र विभिन्न प्रकारका मिसाइल र बमहरू बोक्न सक्षम थिए। जनरल डाइनामिक्स पछि लकहिड मार्टिन कर्पोरेशनको हिस्सा बन्यो।यी विमानहरूको पहिलो ब्याच अमेरिकी वायुसेनामा पुर्याइएको थियो। पाकिस्तानका अतिरिक्त अमेरिकाले बहरेन, बेल्जिअम, इजिप्ट, ताइवान, हल्याण्ड, पोल्याण्ड, पोर्चुगल र थाइल्याण्डजस्ता देशहरूलाई एफ-१६ आपूर्ति गरेको छ। Getty Images अमेरिका र पाकिस्तानबीचको एफ-१६ खरिद कार्यक्रम सन् १९८१ मा सुरु भएको थियो पाकिस्तानले आफ्नो प्रतिरक्षाका लागि अमेरिकाबाट लडाकु विमानसहित विभिन्न प्रकारका हतियार र उपकरणहरू खरिद गर्छ।अमेरिका र पाकिस्तानबीच सन् १९८१ मा सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्दा एफ-१६ खरिद कार्यक्रम सुरु भएको थियो।अमेरिकाले सोभियत र अफगान विमानहरूविरुद्ध प्रयोगका लागि ती जहाज पाकिस्तानलाई बेच्न सहमत भयो।सोभियत र अफगान विमानहरू सीमा पार गर्दै मुजाहिद्दीन तालिम शिविरहरूलाई लक्षित गर्थे। इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ'आइरन डोम'ले कसरी क्षेप्यास्त्र रोक्छ, इरानी हमलामा यो इजरेली रक्षाकवच किन विफल भयो सन् १९८६ र सन् १९९० बीचमा पाकिस्तानलाई आपूर्ति गरिएका एफ-१६ ले कम्तीमा दश अफगान र रुसी लडाकु विमान हेलिकप्टर र यातायात विमानहरू खसालेका थिए।यद्यपि सन् १९९० मा अमेरिकाले पाकिस्तानको आणविक कार्यक्रमको बारेमा चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई २८ वटा एफ-१६ विमान आपूर्ति गर्न अस्वीकार गर्यो जसका लागि पाकिस्तानले ६५ करोड ८० लाख अमेरिकी डलर तिरेको थियो।त्यसपछि सन् २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा अल-कायदाको आक्रमणपछि आतङ्कवादविरुद्धको युद्ध सुरु भयो। त्यसपछि अमेरिका पाकिस्तानलाई १८ अत्याधुनिक ब्लक-५२ एफ-१६ आपूर्ति गर्न सहमत भयो जसको मूल्य झण्डै १.४ अर्ब अमेरिकी डलर थियो।त्यसका साथै पाकिस्तानलाई टार्गेटिङ पोड र इलेक्ट्रोनिक युद्ध पोडहरू मात्र नभई ५२ वटा पुराना मोडलका एफ-१६ विमानका लागि अपग्रेड किटहरू पनि दिइयो। त्यसले गर्दा यी विमानहरू ब्लक-५२ जस्ता विमानहरूको बराबर बनाइयो। Getty Images तत्कालीन सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गरेपछि अमेरिका र पाकिस्तानले एफ-१६ विमान खरिद गर्ने योजना बनाउन थालेका थिए (फाइल फोटो) सन् २०११ मा एफ-१६, सी-१३०, टि-३७ र टि-३३ विमानका पार्टपुर्जाका लागि २ करोड ६० लाख अमेरिकी डलरको सम्झौता स्वीकृत गरिएका थिए।यसपछि सन् २०१६ मा अमेरिकाले पाकिस्तानसँग लगभग ७० करोड डलरको सम्झौतामा हस्ताक्षर गर्यो जसअन्तर्गत आठवटा एफ-१६ ब्लक ५२ विमानहरू बेचिएका थिए।सन् २०१९ मा पाकिस्तानको अनुरोधमा एफ-१६ परियोजनाको लागि प्राविधिक सहयोग गर्न १२ करोड डलरको सम्झौता स्वीकृत गरिएको थियो।त्यसपछि सन् २०२२ को सेप्टेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले एफ-१६ विमानको मर्मत सम्भारको लागि पाकिस्तानलाई उपकरण तथा सेवाहरू प्रदान गर्न ४५ करोड डलरको सम्झौता स्वीकृत गर्यो।पाकिस्तानसँग कतिवटा एफ-१६ छन् र ती कति अहम् छन्? Getty Images अमेरिकामा निर्मित एफ-१६ विमानहरू पाकिस्तानको हवाई लडाकु क्षमताको एक प्रमुख हिस्सा हुन्।फरेन पोलिसी रिसर्च इन्स्टिच्युटको सन् २०२० को प्रतिवेदन अनुसार पाकिस्तानसँग कुल ८५ वटा एफ-१६ विमानहरू छन्।यीमध्ये ६६ वटा पुराना ब्लक-१५ विमानहरू र १९ वटा नयाँ ब्लक-५२ विमानहरू छन्। यी विमानहरू अमेरिकी प्राविधिक सुरक्षा टोलीको निरीक्षणमा छन्। Getty Images उक्त प्रतिवेदन अनुसार पाकिस्तानले हालसम्म विमान मर्मतमा ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ।रक्षा विश्लेषक मोहम्मद अलीका भनाइमा एफ-१६ पाकिस्तानी वायुसेनाको एक सफल र आधुनिक विमान हो। यसले सोभियत सङ्घविरुद्धको आतङ्कवादविरोधी अभियान, भारतसँगको तनाव, हवाई सीमाको सुरक्षा र आतङ्कवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।विगत २५ वर्षमा एफ-१६हरू अत्यधिक प्रभावकारी आतङ्कवादविरोधी अभियानहरूमा प्रयोग गरिएको मोहम्मद अली बताउँछन्।के भारतविरुद्ध प्रयोगमा कुनै प्रतिबन्धहरू छन्?एफ-१६ लडाकु विमानहरू पाकिस्तानलाई उसको प्रतिरक्षा उद्देश्यका लागि प्रदान गरिएको र इस्लामाबादले तिनलाई केवल आफ्नो रक्षाको लागि प्रयोग गर्न सक्ने कुरा अमेरिकाले बारम्बार दोहोर्याउने गरेको छ।अमेरिकाले यी विमानहरू युद्ध उद्देश्यका लागि अर्को देशमा आक्रमण गर्न प्रयोग गर्न नसकिने समेत भन्ने गर्छ। Getty Images ब्रिटिश समाचार संस्था रोयटर्सका अनुसार रक्षाबाहेक अन्य उद्देश्यका लागि अमेरिकामा निर्मित विमानहरूको प्रयोगले अमेरिका र पाकिस्तानबीचको युद्ध उपकरण खरिद सम्बन्धी सम्झौताको उल्लङ्घन गर्न सक्छ।यद्यपि त्यस्ता सम्झौताका बारेमा कुनै औपचारिक जानकारी उपलब्ध छैन।रक्षा विश्लेषक मोहम्मद अलीले त्यसो हुनु गलत हुने बताउँछन्। उनी भन्छन्: "यदि पाकिस्तानसँग तनाव उत्पन्न हुन्छ भने पाकिस्तानी वायुसेनाको प्राथमिक जिम्मेवारी आफ्नो देशको रक्षा गर्नु हो।"मोहम्मद अलीका भनाइमा वायुसेनाको प्राथमिक काम पाकिस्तानको हवाई सीमाको रक्षा गर्नु हो र कुनै पनि बाह्य आक्रमणको अवस्थामा उसले अन्य हतियारहरूसँगै एफ-१६ प्रयोग गरेर देशको रक्षा गर्नेछ।पाकिस्तानका पूर्वरक्षासचिव लेफ्टिनेन्ट जेनरल (सेवानिवृत्त) नईम लोधीले बीबीसीलाई बताए अनुसार यसको प्रयोगमा कुनै प्रतिबन्ध वा रोकतोक समावेश गरिएको अमेरिका र पाकिस्तानबीचको कुनै पनि रक्षा सम्झौता उनले देखेका छैनन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।