Redirecting...

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता - corporatekhabar.com

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता - corporatekhabar.com
Source: cork

काठमाडौं । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ । मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ । सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलालको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विराटनगर किंग्सको टिमले कोशी प्रदेशको नै गौरव बढाइरहेको उल्लेख गरे । त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए । The post पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.