Redirecting...

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्री नियुक्त - www.onlinepana.com

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्री नियुक्त - www.onlinepana.com
Source: onpa

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका राय र नेकपा एकीकृत समाजवादी पार्टीका पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् । The post मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्री नियुक्त appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).