Redirecting...

‘झरीपछिको इन्द्रेणी’ले अग्रिम टिकट बिक्री थाल्यो, बालेनको गीत ‘वर्ड अफ माउथ’को सहारा - www.sutranews.com

‘झरीपछिको इन्द्रेणी’ले अग्रिम टिकट बिक्री थाल्यो, बालेनको गीत ‘वर्ड अफ माउथ’को सहारा - www.sutranews.com
Source: sutr

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री मंगलबारदेखि सुरू गरेका छन्। शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको टिकट देशभरका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स, वान सिनेमाज, आईएनआई सिनेमाज र बिग मुभिजले उपलब्ध गराइरहेका छन्। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, बिमोचन दवाडी, प्रियना आचार्य र जेसिका पोखरेललगायतका कलाकारको अभिनय छ। गत आइतबार बालेन शाहको स्वरमा सार्वजनिक गीत आम नेपाली बुवा ले रिलिजको २४ घण्टाभित्रै युट्युबमा १० लाखभन्दा बढी भ्युज हासिल गरेर चर्चा बटुल्यो। निर्माण टिमको विश्वास छ कि गीतको लोकप्रियताले फिल्मको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ। फिल्मले सामाजिक–पारिवारिक कथा प्रस्तुत गर्दै एउटा सामान्य नागरिकको स्वाभिमान र परिवारको रक्षा गर्न संघर्षको कहानी देखाउँछ। ट्रेलर अनुसार, ‘झरी’ पछि आउने खुसीको प्रतीक ‘इन्द्रेणी’ फिल्मको मुख्य संदेश हो, जसले भ्रष्ट्राचार र बेथिति विरुद्धको सामाजिक सन्देश पनि दिन्छ। नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता अनिसा सेन्दाङ लिम्बु हुन् भने सह-निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्माको योगदान छ। टेलिसिरियल दर्शकमाझ चर्चित अर्जुन घिमिरेको यो पहिलो निर्देशकीय फिल्म हो।