राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि शाहरुख खानले के भने ? - nagariknews.nagariknetwork.com
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिए।शुक्रबार शाहरुख खानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडियो साझा गरे।शाहरुख खानले भने, 'राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन। यसले मलाई सम्झाउँछ कि म जे गर्छु त्यो महत्त्वपूर्ण छ। यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ। यो पुरस्कारले मलाई सम्झाउँछ कि अभिनय केवल एउटा काम होइन, एउटा जिम्मेवारी हो। पर्दामा सत्य देखाउनु एउटा जिम्मेवारी हो।'उनले निर्देशक एटलीसहित फिल्म 'जवान' को सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिए।७१ औं राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को घोषणा शुक्रबार गरिएको छ। यस पटक दुई अभिनेताले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। 'जवान' का लागि शाहरुख खान र '१२ औं फेल' का लागि विक्रान्त मेसीले यो अवार्ड पाएका छन्।फिचर फिल्म श्रेणीमा हिन्दी फिल्म '१२ औं फेल' ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो।'मिसेस चटर्जी भर्सेस नर्वे' मा शक्तिशाली अभिनयको लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरिएको थियो।'द केरला स्टोरी' का निर्देशक सुदिप्तो सेनले निर्देशनको लागि राष्ट्रिय पुरस्कार प्राप्त गरे।सर्वश्रेष्ठ लोकप्रिय फिल्म प्रदान गर्ने स्वस्थ मनोरञ्जनको श्रेणीमा करण जोहर निर्देशित 'रकी रानी की प्रेम कहानी' ले पुरस्कार जित्यो। यस फिल्मको निर्माता धर्मा प्रोडक्सन प्राइभेट लिमिटेड हो।