Redirecting...

इण्डोर स्केटिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा - ehimalayatimes.com

इण्डोर स्केटिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा - ehimalayatimes.com
Source: hmlt

रुकुमपूर्व । रुकुमकोटमा पहिलोपटक आयोजना हुन लागेको इण्डोर स्केटिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता-२०८२’ आयोजना गर्न लागिएको हो । आयोजक संस्थाकी अध्यक्ष अस्मी बुढामगरका अनुसार प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा सिनियर पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ । जसअनुसार पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार पाँच सय र तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी जुनियर ब्वाइज तथा गल्र्स समूहका विजेताले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।