Redirecting...

सुधनको टिमले धम्की दिएपछि काठमाडौं प्रहरी हाइअलर्टमा, बिटका प्रहरी वृत्तमा फिर्ता - janatatimes.com

सुधनको टिमले धम्की दिएपछि काठमाडौं प्रहरी हाइअलर्टमा, बिटका प्रहरी वृत्तमा फिर्ता - janatatimes.com
Source: jant

काठमाडौं, असोज २० । सुधन गुरुङको टिमले सोमबार खुल्ला धम्की दिए पछि काठमाडौं उपत्यका प्रहरी हाइअलर्टमा बसेको छ । असुरक्षित परिस्थिति बढेपछि उपत्यकाभित्रका सबै बिटका प्रहरीलाई फिर्ता बोलाइएको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार बेलुकी साढे ७ बजेपछि ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट विशेष सतर्कता आदेश जारी गरिएको हो। उक्त निर्देशनपछि सबै बिटमा खटिएका प्रहरीलाई सम्बन्धित वृत्तमा फिर्ता बोलाइएको छ। स्रोतका अनुसार धम्कीको घटनापछि उपत्यकाका सबै ६० वटा प्रहरी युनिटलाई ‘हाइ अलर्ट’ अवस्थामा राखिएको छ। सामान्य गस्ती र चेकिङ कार्य अस्थायी रूपमा सीमित गरिएको छ भने जोखिमका क्षेत्रहरूमा रिजर्भ फोर्स परिचालन तयारी अवस्थामा राखिएको बताइएको छ। प्रहरी अधिकारीहरूले परिस्थितिलाई संवेदनशील भन्दै निगरानी र सूचना सङ्कलनमा ध्यान केन्द्रित गरिएको बताएका छन्। निवर्तमान प्रधानमन्त्री केपी ओली र निवर्तमान गृह मन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै उजुरी लिएर गएका गुरुङको उजुरी प्रहरीले दर्ता गर्न नमाने पछि गुरुङ सडकबाटै देखइदिन्छाैँ भन्दै प्रहरीलाई धम्क्याएर हिँडेका थिए । त्यस पछि प्रहरी सतर्क भएको हो । उपत्यकामा पछिल्ला केही दिनदेखि सुधन गुरुङ समूहसँग सम्बन्धित विवादित गतिविधि र धम्कीका घटनाले सुरक्षा निकायले चासो बढाएको छ। प्रहरीले सम्भावित अप्रिय घटना रोक्न उच्च सतर्कता अपनाएको जनाएको छ।