उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज, ऊर्जामन्त्री घिसिङ पनि सहभागी - farakdhar.com
Source: FRDH
उज्यालो नेपाल पार्टीले आज काठमाडौंमा आफ्नो औपचारिक घोषणा सभा सुरु गर्न लागेको छ। केहीबेरमै प्रारम्भ हुने सभामा ऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्। पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको यो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। ‘चिम’ चुनाव चिह्न भएका कारण सभा स्थलको प्रवेशद्वारमै ठूलो चिमको संरचना प्रतीकात्मक रूपमा खडा गरिएको छ। परिसरभर हरियो टोपी र हरियो झन्डा बोकेको भीड बाक्लो देखिन्छ। मन्त्री घिसिङ अभिभावकीय भूमिकामा रहेको चर्चा भइरहेका कारण सभामा उनको उपस्थितिलाई विशेष ...