‘सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो’ : राष्ट्रपति पौडेल - nepallive.com
Source: nliv
२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसायिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताएका हुन्।