Redirecting...

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा सम्मानित - ehimalayatimes.com

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा सम्मानित - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस-२०२५ को अवसरमा विश्वव्यापी शान्ति महासंघ अन्तर्गत युनिभर्सल पीस फेडरेशनले ‘शान्तिको लागि राजदूत’ अवार्डले गीतकार वसन्त वित्यासी थापालाई सम्मान गरेको छ । सम्पूर्ण गीतकारहरूको साझा सर्वोच्च संस्था गीतकार संघ नेपालको कार्यसमितिमा सदस्य, सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भई हाल दोस्रो कार्यकालका लागि पनि अध्यक्षको रूपमा वसन्त वित्यासी थापाले नेतृत्व गरिरहनु भएको छ । विभिन्न सामाजिक कार्यमा क्रियाशील संघ संस्थामा आबद्ध रहेर गीतकारहरूको नैतिक, सामाजिक, आर्थिक अधिकार स्थापना तथा पहिचानका लागि गीतकार संघ नेपालको कुशल नेतृत्व गर्नुभएकोमा काठमाडौंस्थित पिस एम्बेस्सी भवनमा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा विशेष समारोहबीच उहाँलाई ‘शान्तिको लागि राजदूत’को सम्मान गरिएको हो । नेपाली साहित्यको ज्येष्ठ विधा गीत लेखनमा २०४२/०४३ सालदेखि सक्रिय थापाका सात वटा गीती एल्बम तथा एक गीत पुस्तक संग्रह प्रकाशित छन् भने दुईवटा गीति एल्बम तथा एक गीत पुस्तक संग्रह प्रकाशोन्मुख छन् । उहाँको २०० भन्दा बढी गीत सिर्जना छन् भने १०० भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् ।